Aamsanchar

गार्इ गोठमा आगलागी 

Author Image
बिहिवार, पौष ७, २०७३
बिर्तामोड।
aago
भद्रपुर ४ स्थित राजु आर्चायको घरमा आगलागी हुदाँ ढेड लाख रुपैंयाको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माका अनुसार भद्रपुर–४ स्थित आचार्यको टिनको छानो भएको भएक तले गाई गोठकाम आगलागी हुँदा उक्त मूल्य वरावरको क्षति भएको हो ।
आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणम लिइएको शर्माले बताए । विहान साढे सात वजे लागेको आगो ४५ मिनेट पछि नियन्त्रणमा एके बताइउको छ ।
आगलागीको कारण खुल्न नसकेको वताइएको छ । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर