Aamsanchar

४५ बोतल कोरेक्ससहित पक्राउ

Author Image
शुक्रवार, पौष ८, २०७३

मोरङ।

lagu-ausadh

मोरङको विराटनगर २० बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान ११ बस्ने २९ वर्षिय सुरज राई छन। राईलाई सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय मोरङको टोलीले बिराटनगर २० स्थित दरैया बस्तीबाट बुधबार दिउँसो पक्राउ गरी इलाका प्रहरी कार्याल रानीमा बुझएको हो।

राईको साथबाट चेकजाँचकाक्रममा ४५ बोतल लागूऔषध कोरेक्स र २२८ थान स्पास्मोप्रोक्सिवन क्याप्सुल बरामद भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर