Aamsanchar

अग्निपीडितका लागि ११ लाख रुपैयाँ सहयोग संकलन

Author Image
मङ्गलवार, पौष १२, २०७३

तेह्रथुम,

aago

तेह्रथुमको संक्रान्ति बजारका अग्निपीडितको राहत तथा पुनर्स्थापनाका लागि अहिलेसम्म एघार लाख रुपैयाँ भन्दा बढी नगद सहयोग संकलन भएको छ ।

उनीहरुको पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोष, विभिन्न संघसंस्थाले उपलब्ध गराइरहेको राहत सहयोग रकम गरी कुल ११ लाख रुपैयाँ संकलन  भइसकेको हो ।

सोमबार बेलुकासम्म जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको ‘संक्रान्तिबजार अग्निपीडित राहत तथा पुनर्स्थापना कोष’ मा ७ लाख १९ हजार ७ सय ६१ रुपैयाँ जम्मा भएको छ ।

कोषको खातामा अहिलेसम्म यत्तिका रकम जम्मा भएको निमित्त प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिनुभयो । स्थानीय शान्ति समितिको अगुवाइमा एक लाख १३ हजार रुपैयाँ संकलन भएको छ ।

यसबाहेक संक्रान्ति बजारमा गठन भएको अग्नि पीडित राहत तथा पनुर्स्थापना समितिलाई प्राप्त ताप्लेजुङ उद्योग बाणिज्य संघको दुई लाख, पाँचथरमा संकलित एक लाख १४ हजार, मोरङ  जिल्लाबाट र अन्य संघसंस्था तथा व्यक्तिबाट गरी झण्डै ११ लाख रुपैयाँ बढी राहत सहयोग प्राप्त भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)