Aamsanchar

एनएमवी बैंकको रक्तदान

Author Image
बिहिवार, पौष १४, २०७३

raktadanबिर्तामोड। एनएमबी बैंक बिर्तामोड शाखाले बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा सोमवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा ९ महिलासहित ४२ जनाले रक्तदान गरेको बैंकका शाखा प्रबन्धक अशोक क्षेत्रीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा ग्राहक, बैंकका कर्मचारी, व्यापारी, साझेदार संघ–संस्था तथा सर्वसाधारणले रक्तदान गरेका थिए । बैंकका शाखा प्रबन्धक क्षेत्रीले रक्तदान कार्यक्रममा सहभागिता जनाउने र रक्तदान गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर