Aamsanchar

किच्चकबधमा विष्णुपादुको मन्दिर, ८० प्रतिशत काम सकियो

Author Image
बिहिवार, पौष १४, २०७३

kitchak finalबिर्तामोड। महाभारतकालीन इतिहास बोकेको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल किच्चकबध परिसरमा निर्माणाधीन मातातीर्थ विष्णुपादुका मन्दिरको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
गत २०६९ साल पुस १९ गते निर्माण शुरु भएको उक्त मन्दिरको हालसम्म १३ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ । ब्राह्मण समाज नेपाल झापाको अगुवाइमा मन्दिर निर्माणका लागि रकम संकलन कार्य भएको थियो । काशीनाथ घिमिरेको अध्यक्षतामा ११ सदस्यीय विष्णुपादुका मन्दिर निर्माण समिति गठन भइ निर्माण कार्य अघि बढेको थियो ।
शान्ति मन्त्रालयबाट दुई लाख २६ हजार र संस्कृति मन्त्रालयबाट दुई लाख रुपैयाँ अनुदान सहयोग प्राप्त भएको थियो । त्यस बाहेकका अपुग सबै रकम स्थानीयबासी उद्योगी–व्यवसायीहरुबाट संकलन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष घिमिरेले बताए ।
उक्त मन्दिर निर्माणको लागि तीन कठ्ठा जग्गा स्थानीय स्व. देवप्रसाद अधिकारीले प्रदान गरेका थिए । आफ्नै ठाउँमा यस्तो मन्दिर निर्माण हुँदा पितृउद्धारका निम्ति टाडा जानुपर्ने झन्झट नहुने भएकोमा आफूहरु खुशी भएको स्थानीय लोकनाथ अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर