Aamsanchar

बालबालिकालाई शैक्षिक सामग्री सहयोग

Author Image
बिहिवार, पौष १४, २०७३

बिर्तामोड।

school

फ्रेण्ड फर लाइफ झापाले शनिअर्जुन –९ मा रहेको बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बाल गृह तथा जुनकिरी सामुदायिक प्राथमिक विद्यालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नेपालीले फेसबुकमार्फत रकम संकलन गरी त्यहाँ रहेका एक सय तीन जना विद्यार्थीलाई शैक्षिक, स्टेसनरी, खेलकुद सामग्री खरिद गरी प्रदान गरेका छन् ।
५० हजारभन्दा बढी मूल्यको सो सामान बालबालिकाका लागि आज आयोजित एक समारोहकाबीच प्रदान गरिएको थियो ।
फ्रेण्ड फर लाइफ झापाका संयोजक संगीता केरुङको अध्यक्षता तथा बन्दी सहायता नेपाल संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच सो सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी साजन पाखेरेल, दीपक गौतम, निक नेपाल, सवु गुरुङ, डम्बरबहादुर श्रेष्ठ, अम्बिका गुरुङ, रश्मी लिम्बू, नारायण बेघा, गीतादेवी खरेल, दुर्गाप्रसाद ढकाल लगायतले फेसबुकबाट संकलन गरिएको रकम बालबालिकाको क्षेत्रमा खर्च गरिनु सराहनीय कार्य भएको बताएका थिए ।
कार्यक्रममा फ्रेण्ड फर लाइफका सदस्य कला राईले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर