Aamsanchar

विराटनगरमा दुई तले बसपार्क बन्ने

Author Image
शुक्रवार, पौष १५, २०७३

विराटनगर।
sajha bus

विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न दुई तले बसपार्क निर्माणको काम सुरु भएको छ ।

विराटनगर–१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिने आधुनिक बसपार्क निर्माण कार्य अघि बढाइएको हो ।

विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माणको काम सुरु गरेको हो ।

कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाको साढे २ प्रतिशत लगानी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर