Aamsanchar

कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु

Author Image
शुक्रवार, पौष १५, २०७३

पाँचथर,

hatya

पाँचथरको नागीन गाविस ८ भोटेगाउँमा बिहिबार दुई छिमेकीविच झगडा हुँदा कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु भएको छ।

नागीन गाविस ८ भोटेगाउँ बस्ने १८ वर्षिय फुर्ते भन्ने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा छिमेकी ६४ वर्षिया डाल्मु शेर्पाको मृत्यु भएको हो। बिहिबार साँझ शेर्पा र छिमेकी फुर्तेविच वाद-विवाद शुरु भएपछि उनले शेर्पाको टाउकोमा अगुल्ठोले प्रहार गरेका थिए।

टाउकोमा गहिरो चोट लागेको शेर्पालाई घरमै डाक्टर बोलाई उपचार गराउनेक्रमम बिहिबार राती १ बजे उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी नागीनले जनाएको छ। कुटपिटमा संलग्न आकाश शेर्पा प्रहरीको नियन्त्रणमा छन्।
यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिकामा स्थानीय व्यापारीहरु विच लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट लालीगुराँस नगरपालिका ५ का ५४ वर्षिय धनबहादुर पौडेल घाइते भएका छन्। पौडेललाई फुटेक भन्ने स्थानमा गाई खरिद बिक्रि गर्नेक्रममा विवाद बढेपछि धनकुटा परेवादिन ६ बस्ने शेरबहादुर विष्टलगायतको समुहले बिहिबार दिउँसो कुटपिट गरेका हुन।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको पौडेललाई उपचारकालागी विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा ल्याइएको छ भने कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर