Aamsanchar

३५ जना बिद्यार्थीलाई जाडोको कपडा

Author Image
शनिवार, पौष १६, २०७३

झापा ।

school p

रोटरी क्लब अफ दमकले  दमक १६ मा रहेको बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
बिद्यपिठमा अध्ययनरत ३५ जना बिद्यार्थिहरुलाई जाडोबाट बच्ने स्वेटर र टोपी बितरण गरिएको हो । जाडो समयमा बिद्यार्थिहरुलाई न्यानो होस भनेर कपडा बितरण गरिएको रोटरी क्लब दमकका अध्यक्ष डाक्टर मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो ।
साथै आजै दमक १६ निवासी देबी भट्टराईले गुरुकुलका बिद्यार्थिहरुलाई अध्ययन गर्दा बस्न सजिलो होस भनेर ३५ वटा कुशन बितरण गर्नु भएको छ ।
बिद्यापिठमा ३५ जना बटुकहरुले आवासिय रुपमा अध्ययन गरिरहेका छन् । निशुल्क खाने बस्नेको सुबिधा सहित बटुकहरुलाई गुरुकुलीय पद्धती बाट अध्यापन गराईरहेको गुरुकुल स्थापनाको अगुवायी गर्ने संस्था भट्टराई कुल वंश प्रतिष्ठान दमक नगर उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर