Aamsanchar

कुकुरको अपहरण, मागियो १० लाख फिरौती

Author Image
सोमवार, पौष १८, २०७३

काठमाडौँ:

doog

तपाईँले अपहरणको खबर प्राय सुन्नु भएको होला । तर तपाईँले के कुकुरको अपहरण भएको समाचार सुन्नु भएको छ ?

बदमाशहरुको एक समूहले कुकुरको अपहरण गरेर उसको मालिकसँग उनको होसहवास उडाउने शर्त राखेर बार्गेनिङ गरेका छन् ।

देश र दुनियाँमा हजारौँ मानिस दैनिक अपहरणमा पर्छन् । तर यस पटक बदमाशकहरुको समू‍हले कुकुरको अपहरण गरेका छन् । कुकुरको अपहरण गरेपछि उनीहरुले मालिकसँग यति धेरै रकम मागे, जुन चुकाउन मालिकलाई पनि गाह्रो भएको छ।

आश्चर्यमा पार्ने यो समाचार आयरल्यान्डको हो । जहाँ एक कु्कुरलाई बदमाशहरुले अपहरण गरे अनि त्यसलाई छुटाउनका लागि १० लाख रुपैयाँ फिरौती मागेका छन्।

जोय ब्रोचेरटको घरपालुवा कुकुर ७ डिसेम्बरदेखि वेपत्ता भएको थियो । धेरै खोजी गरेपछि जब कुकुर भेटिएन तब उनले त्यसलाई खोजेर ल्याउनेलाई करिब ५ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरे । तर यसबाट उनलाई कुनै सफलता मिलेन ।

तर अचानक एक दिन अपहरण गर्ने समूहले जोयलाई फोन गरेर यदि कुकुर चाहिन्छ भने १० लाख रुपैयाँ फिरौती दिन भने । यदि मागेजति फिरौती नदिने हो भने कुकुरलाई रुखमा उल्टो पारे झुन्डाइदिने चेतावनी दिएका थिए ।

जोय ब्रोचेरट र उनका परिवार यस कुराले हैरान भएका छन् । उनीहरु यति धेरै रकम दिन पनि उनीहरुले नसक्ने बताएका छन् । जोयको परिवारले यस संकटबारेमा फेसबुकमा पनि लेखेका छन् ।एजेन्सी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर