Aamsanchar

सुखमय यौनजीवनका लागि नयाँ वर्षमा गर्नैपर्ने प्रतिबद्धता

Author Image
मङ्गलवार, पौष १९, २०७३

यदि तपाईंले बितेको वर्ष सन् २०१६ मा सेक्समा रमाइलो तथा आनन्द प्राप्त गर्न सक्नुभएन भने नयाँ वर्ष २०१७ मा सेक्सलाई आनन्ददायी बनाउन र सुखमय यौनजीवन तय गर्नका लागि तपाईंले केही प्रतिबद्धता जनाउनैपर्ने हुन्छ । नयाँ वर्षमा तपाईंले गर्नेपर्ने यौन प्रतिबद्धता यी हुन्:

· सेक्सका बारेमा कुरा गर्नुहोस्ः

तपाइँले यदि भन्नुभएन भने तपाइँको पार्टनरले तपाइँले गर्ने माया थाहा पाउन सक्दैन । किनकि हामीले अरुको मनको कुरा बुझ्न सक्दैनौँ । कुनै पनि दुईजना मानिसमा एउटै यौन कल्पना रहँदैन, इच्छा चाहना एउटै हुँदैनन र यौन आनन्द प्राप्तिको तरिका पनि एउटै नहुन सक्छ । त्यसैले आफ्नो पार्टनरको सेक्स फन्टासी पत्ता लगाउनुहा्ेस् र आफ्नो कुरा पार्टनरसँग खुलासा गर्नुहोस् । पार्टनरले सेक्समा के कुरा मन पराउँछ र पराउँदैन भन्ने कुरा जान्नुहोस् । सेक्सको बारेमा जति खुलस्त कुराकानी गर्‍यो, सेक्स लाइफ उति नै राम्रो हुन्छ ।

· रात्रीकालीन डेटिंगको योजना बनाउनुहोस्:

आफ्नो सुरुवाती सम्भोगको बेला सम्भिmनुहोस् । अहिले पनि सहवासमा उत्तिकै आनन्द तथा जोस छ ? सायद छैन होला । तर तपाइँले त्यसलाई पुनर्ताजगी गर्न सक्नुहुन्छ । त्यसका लागि कम्तिमा पनि १५ दिनमा एकपटक पार्टनरसँग रात बिताउने गरी घरबाट कतै बाहिर घुम्न निस्किुनुहोस् ।

· बेडरुमलाई प्रविधि निषेधित क्षेत्र बनाउनुस्:

तपाइँको बेडरुम प्रविधिमुक्त हुनुपर्छ । ह्वाट्सएप, इमेल, फेसबुकलाई बेडरुममा प्रवेश नदिनुहोस् । आफ्ना सबै ग्याजेट थन्काउनुहोस् र आफ्नो पार्टनरमा सबै ध्यान केन्दि्रत गर्नुहोस् ।
·  यो वर्ष नयाँ चिज गर्ने कोसिस गर्नुहोस्, नडराउनुहोस्:

 त्यो नयाँ चिज भनेको सेक्समा नयाँ तरिका हुनसक्छ । जस्तै किचेन सहवास वा कुनै पूर्वयोजनाबिनाको यात्रा वा यस्तै यस्तै । सेक्सी, उत्प्रेरित र उत्तेजित हुनुहोस् र यादगर समय बनाउनुहोस् ।
· बहाना नबनाउनुहोस्:

प्राय धेरै महिलाहरु यौनमा चरम आनन्द प्राप्त नहुँदा पनि भएको बहाना पार्दछन् । आफूलाई पार्टनरको सेक्सबाट आनन्द प्राप्त नभएको कुरा गर्दा पार्टनरले आत्मग्लानी बोध गर्ला वा चिन्तित होला भन्ने डर उनीहरुमा हुन्छ । तर यसो गर्नु भनेको आफ्नो यौनजीवनलाई बर्बाद पार्नु हो । सेक्समा यौन आनन्द प्राप्त भए नभएको कुरा कहिल्यैपनि नढाँट्नुहोस् । यौन आनन्द प्राप्त गर्नका लागि नयाँ तरिका तथा आसनको उपयोग गर्नुहोस् ।

· सेक्सलाई गम्भीर रुपमा लिने:

के तपाइँ सेक्सको बेला हाँस्नुहुन्छ ? जोक भन्नुहुन्छ ? मुस्काउनुहुन्छ ? यदि यी माथिका कुनै पनि चिज गर्नुहुन्न भने तपाइँ सेक्सप्रेसनलेसनेसबाट पीडित हुनुहुन्छ । यो एउटा यस्तो अवस्था हो जहाँ मानिसहरु आनन्द भनेको फन पनि हो र साझा अनुभवका खातिर खुसीको अभिव्यक्ति महत्वपूर्ण हुन्छ भन्ने कुरा बिर्सिन्छन् ।

· ओच्छ्यानबाहिर पनि सेक्सी हुनुहोस्:

पाकक्रिडा मात्र सधै सेक्सको सुरुवात हुँदैन । बेडरुममा छिर्नुअघि नै आफ्नो यौनक्रियाको तयारी सुरु गर्नुपर्छ र पार्टनरलाई तयार पार्नुपर्छ । यसका लागि अघिल्लो यौनसत्रको बारेमा रमाइला कुराहरु पार्टनरलाई मेसेज गर्न सकिन्छ । सेक्सी र फन्नी मेसेज गरेर उनको मूड तयार पार्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर