Aamsanchar

महिनावारीका बेलाको सम्भोगलाई सामान्य,तथ्य रोचक

Author Image
मङ्गलवार, पौष १९, २०७३

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् ।चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ । 

धार्मिक, सांस्कृतिक र सामाजिक कारणले महिला महिनावारी भएको बेला ऊ आफै पनि यौन सम्बन्धको लागि तयार हुँदिन र पुरुष पनि रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा राख्दछन् ।

१. महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

२. यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

३. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

४. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन, यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन, सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर