Aamsanchar

शिक्षा पत्रकारिता पुरस्कार प्रदान

Author Image
मङ्गलवार, पौष १९, २०७३

काठमाडौँ ।

puraskar

नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कार, २०७२ बाट आज विभिन्नि पत्रकार र सञ्चार माध्यम पुरस्कृत भएका छन् ।

शिक्षा राज्यमन्त्री धनमाया विकले ती पुरस्कार वितरण गर्नुभएको हो । यसवर्ष रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार संयुक्तरुपमा ‘कान्तिपुर’ दैनिकका मकर श्रेष्ठ र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका सूर्यप्रसाद पाण्डेलाई प्रदान गरियो । यस्तै पाँच विकास क्षेत्रका तीसभन्दा बढी पत्रकारलाई क्षेत्रीय पुरस्कार र लेखनवृत्ति तथा छापा र रेडियोका आधारमा संस्थागत पुरस्कार प्रदान गरियो ।

राज्यमन्त्री विकले शिक्षा नीतिमा सामयिक परिवर्तन गर्नुपर्ने आवश्यकता भए पनि सोचेजस्तो छिटो काम हुन नसकेको बताउनुभयो । शिक्षा मन्त्रालय आफ्ना १९ बुँदे सुधारका कार्यक्रम कार्यान्वयनका क्रममा रहेको भन्दै विद्यार्थीको हातमा समयमा पुस्तक पु¥याइने जनाउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सरकारले प्रशस्त विद्यालय बनाएपनि सञ्चार माध्यमले त्यसलाई प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले शिक्षा प्रभावकारी हुनसके मात्र मुलुक र समाजको भविष्य सुन्दर हुने बताउनुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा र सञ्चार जगत्बीच सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर