Aamsanchar

तीन लाखको खैरो हेरोइनसहित तीन पक्राउ

Author Image
बुधवार, पौष २०, २०७३

काठमाडौं :

laguausad

अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई बुधबार प्रहरी कंलकीबाट पक्राउ गरेको छ।

प्रहरीले कलैया बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा घर भई बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडौं महादेवस्थानका २७ वर्षीय दिलिप साहीलाई पक्राउ गरेको हो।

उनीहरुले बेच्नको लागि ५० ग्राम खैरो हेरोइन लिएर हिडेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो। ५० ग्राम खैरो हेरोइनको अहिलेको अवैध बजार मूल्य तीन लाख २५ हजार पर्ने पनि ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर