Aamsanchar

दुधकोशी हामफालेर महिला बेपत्ता

Author Image
बुधवार, पौष २०, २०७३

भोजपुर।

dubera

भोजपुर हसनपुर गाविस २ स्थित दुधकोशी नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छिन्।

हसनपुर २ बस्ने लक्ष्मण राईको ४७ वर्षिया पत्नी भोटीमाया राई बुधबार बिहान नदीमा हाम फालेकी हुन्। मंगलबार दिउँसो घरबाट कोही कसैलाई केही नभनि हिडेकी राई घरफर्कि नआएपछि आफन्त र छिमेकीले उनको खोजी गर्दै जाँदा बुधबार बिहान नदी किनारमा महिलाले लगाएकी चुरा, घडी र मोवाईल फेला परेको जानकारी प्रहरी चौकी हसनपुरमा प्राप्त भएको हो।

घटनास्थलमा प्रहरी टोली खटिगई गाउँलेको सहयोगमा बेपत्ता महिलाको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर