Aamsanchar

ट्रकको ठक्करबाट चार वर्षिय बालकको मृत्यु

Author Image
बिहिवार, पौष २१, २०७३

सप्तरी,

accident-sketch

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खोजपुर ८ मा बिहिबार मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरी पन्सेरा-९ का लक्ष्मण रामको छोरा अर्जनुकुमार राम छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.२ ख. ६१८० नम्बरको ट्रकले दिउँसो १४३० बजे बाटो क्रश गर्दै गरेका बालकलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

यता झापा तोपगाछी ७ सानो केर्खामा दिउँसो १२३० बजे मे १ क २१२ नम्बरको ट्रकसंग मे ३ प ३६७० नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक संखुवासभा खाँदबारी नगरपालिका ३ बस्ने ३२ वर्षिय टंक बहादुर न्यौपाने गम्भीर घाईते भएका छन। घाइतेको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर