Aamsanchar

जाडोमा छाला फुटेर हैरान हुनुहुन्छ? अपनाउनुस् यी टिप्स

Author Image
शनिवार, पौष २३, २०७३

काठमाडौं :

2222_H418PEA7II

जाडो मौसममा हात खुट्टाको छाला फुस्रो देखिने र फुट्ने समस्या धेरैमा देखिन्छ। छाला सुक्खा हुने, चाउरी पर्ने, फुट्नुका साथै फुटेको ठाउँबाट रगत आउने, छालामा रातो डाबर देखिने पनि हुन्छ। चिसोबाट हुने एलर्जीले छाला फुस्रो हुने र र फुट्ने गर्छ।

जाडोमा गाला र हात खुट्टाका कुर्कुच्चा विशेष रुपमा प्रभावित हुन्छ। जाडोमा छालामा हुने संक्रमणबाट जोगिन छाला रोग विशेषज्ञ डा. अनिलकुमार झाले कही सुझाव दिएका छन् :

छालामा सिधै ऊनीको कपडा नलगाउँ

डा.अनिलकुमार झा जाडोमा शरीर न्यानो पार्न धेरैले ऊनीको कपडाहरु जस्तै स्वेटर, थर्मकोट लगाउने गर्छन्। तर छाला संरक्षणका हिसाबले यो उपयुक्त होइन।  छाला धेरै सुख्खा हुने व्यक्तिले भित्र कटनको कपडा लगाएर मात्र बाहिर ऊनीका लुगा लगाउनुपर्छ। जाडोमा शरीरका रौंहरु ठाडो भएको हुन्छ। टाइट लुगा लगाउँदा ती रौंहरु तानिन्छन् जसकारण चिलाउने तथा बिबिरा निस्कन्छ। चिसो समयमा हात खुटा फुट्ने, रातो डाबर आउने हुन्छ।

खुट्टामा सधै बुट र हातमा पञ्जा लगाउनु राम्रो हुन्छ। चिसो पानी चलाउदा हात फुट्ने हुँदा सकेसम्म प्लास्टिकको पञ्जा लगाउनुपर्छ भने अरु बेलामा भित्र सुती र बाहिर ऊन भएको पञ्जा लगाउनु छालाका लागि उपयुक्त हुन्छ। बस्ने कोठाको तापक्रम सन्तुलन गरौँ जाडो समयमा शरीरलाई मात्र न्यानो बनाएर हुदैन।

आफू बस्ने कोठाको तापक्रम पनि सन्तुलनमा राख्नुपर्छ। जसले चिसोबाट हात खुट्टा फुट्ने, छाला चाउरिने जस्ता समस्याबाट बच्न सकिन्छ भने चिसोको कारण शरीरमा लाग्ने अरु रोगबाट समेत बच्न सकिन्छ।

बस्ने कोठाको तापक्रम सन्तुलन गरौँ

जाडो समयमा शरीरलाई मात्र न्यानो बनाएर हुदैन। आफू बस्ने कोठाको तापक्रम पनि सन्तुलनमा राख्नुपर्छ। जसले चिसोबाट हात खुट्टा फुट्ने, छाला चाउरिने जस्ता समस्याबाट बच्न सकिन्छ भने चिसोको कारण शरीरमा लाग्ने अरु रोगबाट समेत बच्न सकिन्छ।

चिल्लो धेरै भएको साबुन प्रयोग गरौँ

चिसोले हाम्रो शरीरलाई सुक्खा बनाइदिने हुनाले यस्तो बेलामा प्रयोग गरिने कतिपय साबुनले हाम्रो छालालाई झन् सुक्खा बनाउँछ। त्यसैले बजारमा चिल्लो धेरै हुने साबुनहरु पनि पाइन्छ, त्यस्ता खालका साबुनहरु प्रयोग गर्नु राम्रो हुन्छ।

हाम्रो शरीरमा भएको चिल्लो पदार्थलाई फाले पनि साबुनमा रहेको चिल्लो पदार्थले शरीरलाई नरम बनाइराख्छ। जाडोमा साबुन र फेसवास पनि मोइस्चरयुक्त प्रयोग गर्नुपर्छ। गुलाबजल, ग्लिसिरिन पनि प्रयोग गर्न सकिन्छ। धेरै सुख्खा छालाको लागि सन ब्लकसँगै लोसन र तैलीय छालाको लागि जेलको प्रयोग गर्न सकिन्छ।

घाममा धेरै नबसौँ

जाडोमा तातो हुनको लागि घाममा बढी बस्ने गरिन्छ। जसले गर्दा सूर्यको विकिरणले हाम्रो छालामा प्रत्यक्ष प्रभाव पार्छ र छाला सुक्खा हुनुका साथै धेरै घाममा बस्दा छाला चाउरी पर्ने हुन्छ। त्यसैले घाममा धेरै बस्नु हुँदैन।

तर घामले हाम्रो शरीरमा भिटामिन डी को परिपूर्ति गर्ने हुँदा विहान दश बजेदेखि १ बजेसम्मको घाममा बस्नु राम्रो हुन्छ। यसरी घाममा बस्दा शरीर पुरै ढाक्ने सुतीको कपडा लगाएर बस्नु राम्रो हुन्छ। जसले छालालाई पनि असर गर्दैन भने शरीरमा भिटामिन डी को पनि परिपूर्ती गर्छ।

समय समयमा शरीरमा तेल लगाउने गरौं

चिसोले हाम्रो शरीरमा सुक्खापन र चाउरीपन देखिने हुँदा बेला बेलामा तेल लगाउनुपर्छ। सकेसम्म शुद्ध तोरीको तेल, नरिवलको तेल, जैतुनको तेल  लगाउनुपर्छ।

जसले हाम्रो छालाको चाउरीपन हटाउनुका साथै छालालाई लामो समयसम्म नरम राख्ने गर्छ। यी तेलले बजारमा पाइने अन्य तेलले जस्तो छालामा एलर्जी पनि गराउँदैन। चिसो ठाउँमा जाँदा चिल्लो मोइस्चराइजयुक्त क्रिमहरु वा घरेलु औषधीका रुपमा गाईको दूधबाट बनाइएको नौनी लगाउन सकिन्छ।

सकेसम्म गाला र ओठलाई चिसो हावाबाट जोगाउन मखमलको प्रयोग गर्नुपर्छ। फुटेको ओंठमा जिब्रोले चाट्नु हुँदैन। छालालाई नरम बनाउन अल्कोहलरहितका क्रिम तथा गुलाबजलको पनि प्रयोग गर्न सकिन्छ।थाहाखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर