Aamsanchar

एक्ली यी युवतीसँग किन डरायो संसारकै खुंखार आतंकवादी आर्इएस ?

Author Image
शनिवार, पौष २३, २०७३

एजेन्सी ।

joanna-Palani-768x432

विश्वका लागि चुनौती बनिरहेको आतंकबादी संगठन इस्लामिक स्टेट (आइएस) एक २३ वर्षीया युवतीसंग डराएको खबर छ ।

जोआना पलानी नाम गरेकी युवती अहिले आइएसका लागि चुनौती बनेकी हुन् । निकै सुन्दर र बहादुर यी युवतीले आइएससँग युद्ध गर्न हतियार उठाएपछि अहिले ती युवती आइएसका लागि टाउको दुखाएको विषय भएकी हुन् ।

आइएसले डराउँदै अहिले ती युवतीको टाउकाको मूल्य १० लाख डलर तोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको डेनमार्क–कुर्दिस्तानकी तीन युवती आफ्नो सहर डेनमार्कदेखि युद्धग्रस्त मुलुक सिरिया पुगिन् र धेरै आतंकवादीलाई मार्न सफल पनि भइन् । खाली युद्धका समयमा इराकमा बस्ने रमादीबाट जोआनाको जन्म भएको र पछि उनको परिवारलाई इरानको डेनमार्कमा बस्ने अनुमति मिलेको थियो ।

सन् २०१४ मा आइएसआईका विरुद्ध लड्न उनी कुर्दिश रेभोल्युशनमा भर्ना हुन जोआनाले आफ्नो पढाई छोडिदिइन् । सिरियामा कुर्दिश पिपुल्स प्रोटेक्शन युनिट र इराकमा पेशमार्ग फोर्ससँग मिलेर आइएसविरुद्ध लडिरहेकी छन, उनी ।

सन् २०१५ मा उनीमाथि हिँडडुल गर्न प्रतिबन्ध लगाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर