Aamsanchar

‘सम्झेर फेरि…’मा दीपेन र मञ्जिताको रोमान्स

Author Image
बुधवार, पौष २७, २०७३

काठमाडौं ।

Manjita-Dipan-810x460

मोडल दीपेन खड्काको मञ्जिता केसीसँगको रोमान्स सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको नयाँ गीत ‘सम्झेर फेरि…’को भिडियो सार्वजनिक भएको छ । जसमा यी दुबैको रोमान्स देख्न सकिन्छ ।

यूट्युटमार्फत सार्वजनिक गीतको भिडियोलाई झनै सिंगार्ने खालको आकर्षक बनेको छ । भिडियो सार्वजनिक भएपछि गीतको पनि चर्चा चुलिएको छ ।

भिडियो दीपेश खड्का र मञ्जिता केसीमाथि फिचरिङ गरिएको छ । ट्रयाजेटी थिममा तयार पारिएको भिडियोमा मोडल दीपेन युवा र अर्धबैशे भूमिकामा देखिएका छन् । भिडियोमा दीपेन र मञ्जिताको केमेष्ट्री राम्रो जमेको छ ।

दीपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाध्न सुहाउँने पुरुष मोडलमा पर्छन् । अभिनयमा समेत दख्खल दीपेनले यो भिडियोमा पनि तारिफ योग्य काम गरेका छन् ।

गीतमा शंकर देव कडेलको शब्द रहेको छ भने संगीत चिरञ्जीबी भण्डारीले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत सान्नानी एल्बममा भित्र अटाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर