Aamsanchar

छोरीलाई भर्जिन बनाउन आमाले विहे अगाडि योनीको ‘अपरेशन’ गराएपछि…

Author Image
शुक्रवार, पौष २९, २०७३

एजेन्सी ।

Yoni

हैदराबादको बञ्जारा हिल्स इलाकामा बस्ने हेमन्था केही महिना पहिले आफ्नो छोरीलाई लिएर एक प्लाष्टिक सर्जन कहाँ गएका थिए । उनकी छोरी हेमन्था ब्याडमिन्टल खेलाडी हुन् । खेलको दौडानमा उनकी छोरीको हेमन (योनीको झिल्ली) टुटेको थियो ।

उनी भन्छिन्- ‘मैले आफ्नो छोरीको प्लाष्टिक सर्जरी गराएँ । विवाहपछि उसका पति उनलाई कुमारी हो भनेर सोचुन भन्ने मलाई लागेको थियो । मैले उनी कुमारी छैनन् भनेर अपरेशन गराउन लगाएको थिएँ ।

यो सोच हेमञ्थाको मात्रै छैन । डाक्टरकाअनुसार धेरै युवतीहरु हिमनको प्लाष्टिक सर्जरी गराउँछन् । यो अपरेशन गर्न मात्र २० मिनेट लाग्छ । यो अपरेशनबाट च्यातिएको झिल्ली पुनः बनाउन सकिन्छ । सनसाई अस्पतालमा प्लास्टिक सर्जन डाक्टर भवानीप्रसादका अनुसार वर्षमा यस्तै खालका करिब ५० केस आउँछन् ।

पहिले यस्तै प्रकारको अप्रेशन गर्नका लागि वर्षमा २ देखि ४ जनासम्म मात्रै महिलाहरु आउने गर्थे । डाक्टर प्रसाद भन्छन्- ‘हाम्रो समाजमा महिलाहरु हिमनलाई पुनः बनाउन बैवाहिक जिन्दगी सुरु गर्नका लागि जरूरी छ भन्ने सोच्छन् । उनीहरुलाई लाग्छ कि उनको हुनेवाला जीवनसाथी जतिसुकै आधुनिक भएपनि एक कुमारी पत्नी चाहिन्छ ।’

यस्तो खालको अपरेशनमा महिलाको योनीको भित्र करिब १ इन्च लामो झिल्ली बनाइने गरिन्छ । यसको घाउ छिटो भरिन्छ र अप्रेशनको कुनै निशाना नै हुँदैन । तर, अपरेशन गराउने महिलालाई केही हप्तासम्म गह्रौं खालको काम नगर्न सल्लाह दिइन्छ । डाक्टरका अनुसार विवाह भन्दा पहिले यौनसम्पर्क गरेकी महिलाहरु यस्तो खालको अपरेशन गर्न गर्छन् भन्ने पनि होइन ।

साँच्चीकै योनीभित्रको झिल्ली धेरै कमजोर हुने गर्छ । डान्स वा कुनै प्रकारको शारीरिक गतिविधिका कारण पनि टुट्ने गर्छ । तर, हाम्रो समाजमा पहिलोपटक यौन सम्पर्क गरेपछि मात्रै यो झिल्ली टुट्छ र कुमारीत्व भंग हुन्छ भन्ने सोच छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर