Aamsanchar

झन्डै आधा जापानी जोडी यौनविनाको वैवाहिक सम्बन्धमा

Author Image
बिहिवार, फागुन ५, २०७३

एजेन्सी ।

भ्यालेन्टाइनका अवसरमा यसै साता थुप्रै जोडीहरुले राम्रो समय व्यथित गरे। कसैले ‘स्याम्पियन’ खोलेर खुसीयाली मनाए। कसैले उपहार आदनप्रदान गरे। त कसैले एकान्तमा रात बिताए।

तर जापानमा धेरै जोडीले यस्तो अवसर पाएनन्। नयाँ अनुसन्धानले के भन्छ भने जापानीहरु सेक्स-फ्रि विवाह गर्छन्। यसका कारण जनसंख्या बढ्नमा रोकावट पैदा भएको बेलायती सञ्‍चारमाध्यम द गार्जियनले उल्लेख गरेको छ। गत सेप्टेम्बरमा जापान फेमिली प्लानिङ एशोसियशनले गरेको सर्वे अनुसार ४७ दशमलव २ प्रतिशत विवाहित महिला तथा पुरुषले अहिलेसम्म यौन सम्पर्क नराखेको प्रतिक्रिया दिएका छन्। यस क्रममा १६ देखि ४९ वर्ष उमेर समुहका ३ हजार व्यक्तिसँग अन्तरवार्ता गरिएको थियो। त्यसमध्ये १२ सयले मात्रै जवाफ फर्काए।

सन् २०१४ को तुलनामा यो २. ६ प्रतिशतको वृद्धि हो। सन् २००४ मा गार्जियनले पहिलोपटक गरेको सर्वेले ३१ दशमलव ९ प्रतिशत विवाहित जोडीले यौनसम्पर्क नराखेको तथ्य उजार गरेको थियो। यसको अर्थ १३ वर्षमा १५ प्रतिशतभन्दा धेरै यौन सम्पर्क नराख्‍ने जोडीहरु बढेका छन्। विश्वमा जेष्ठ नागरिकको संख्या बढी हुने देशमध्ये जापान एक हो। जापानमा एक चौथाईभन्दा धेरै ६५ वर्षमाथिको जनसंख्या छ।

पछिल्लो ६ वर्षमा बच्चाले लगाउने डाइपरको तुलनामा वयश्कले लगाउने डाइपरको व्यापार जापानमा बढ्दो छ। जापानमा बच्चाहरु निकै कम जन्मिएका छन्। जापानको जनसंख्या कहिले हराउँछ भनेर पूर्वानूमान गराउन  डोम्सडे क्लक नै बनाइएको छ। जापानमा जनसंख्या नबढेपछि सरकार निकै चिन्तित छ। त्यसैले सरकारले महिलाका लागि स्पीड डेटिङ इभेन्टस् र पूरुषका लागि फाइदहुड वर्कशप आयोजना गर्छ। फादरहुड वर्कशपमा पूरुषलाई कसरी आफ्नो शिशुको स्याहार गर्ने भन्‍ने सिकाइन्छ। विश्लेषकहरुले यसरी जापानमा बच्चा जन्माउनका लागि जोडीहरु किन तयार भएनन् भन्ने विषयमा अनेक कारण देखाएका छन्।

जापानमा धेरै मानिसहरु लामो समय काम गर्छन्। धेरै काम गर्न मानिसहरुलाई प्रेरित गरिन्छ। कामको ओभरलोडका कारण जापान गुमाउनु जापानमा सामान्य विषय हो। कामका कारण मानिसहरु थाकेका हुन्छन्। सर्वेका क्रममा ३० प्रतिशत पूरुषहरुले कामका कारण धेरै थाकेकोले यौनसम्पर्क नराख्ने गरेको जवाफ फर्काएका छन्। जापानले यस्तो समस्या समाधानका लागि हप्तामा अधिकतम ६० घण्टामात्रै काम गर्ने मिल्ने व्यवस्था मिलान लागेको छ।

त्यसका लागि कम्पनीहरुलाई प्रेरित गरिएको छ। कामदारहरुले उनीहरुको परिवारलाई पनि समय दिन सकुन् भन्नका लागि यस्तो गरिएको हो। धेरै जापानीहरुले वैवाहिक सम्बन्धको विकल्प खोज्न थालिसकेका छन्। भर्चुअल मांगा ब्वाईफ्रेन्ड महिलाहरुको रोजाइमा पर्न थालेको छ। जापानमा इकिम्यान (जसको अर्थ हुन्छ ह्यान्डसम पूरुष) पछिल्लो ५ वर्षमा १ करोड ५० लाख पटक डाउनलोड गरिएको छ।

यो गेममा कथा छ। प्लटलाइन छ। एक जापानी प्रयोगकर्ताले यो गेम डाउनलोड गरेपछि बिस्तारै यसैप्रति महिलाहरु भावनात्मक बन्‍ने प्रतिक्रिया दिएकी छिन्। जापानमा यौनविहिनताको समस्या पुरानै हो। सन् २००५ मा गार्जियनमा प्रकाशित एक लेखमा जापानी मनोचिकित्सकले लेखकी छिन्,’ जापानका धेरै पूरुषहरु श्रीमतीलाई आमाको विकल्पका रुपमा लिन्छन्। उनीहरु महिलालाई यौन वा भावनात्मक आवश्यकताका रुपमा हेर्दैनन्।’ एउटा समाज जहाँ ४२ प्रतिशत पूरुष र ४४ प्रतिशत महिला भर्जिन छन्। त्यहाँको जनसंख्या सम्बन्धी समस्या समाधानका लागि लामो समय लाग्‍न सक्ने देखिन्छ। युरोप डट न्यूजविक डटकमबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर