Aamsanchar

बिर्तामोडमा मोफसलकै ठूलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता हुने

Author Image
शुक्रवार, जेठ ८, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा मोफसलकै ठूलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । आगामी असार ४ गतेदेखि ‘बिर्तामोड मेयर कप नेपाल मास्टर – २०८३’ सञ्चालन हुने आयोजकले जनाएको छ ।

बिर्तामोड स्नुकर को आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समिति को सहआयोजनामा हुने प्रतियोगितामा राष्ट्रियस्तरका १६ तथा कोशी प्रदेशका १६ खेलाडी सहभागी हुने खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाल ले जानकारी दिए । सहभागीमध्ये ८ जना खेलाडी बिर्तामोडकै रहने जनाइएको छ ।

बिर्तामोड–अदुवा पुल नजिक रहेको बिर्तामोड स्नुकर हलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशी काठमाडौं बाहिरकै ठूलो भएको आयोजकले दाबी गरेको छ ।

त्यस्तै, प्रतियोगितामा हाइएस्ट ब्रेक गर्ने खेलाडीलाई ३५ हजार रुपैयाँ तथा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकी ले स्थानीयस्तरमा ओझेलमा पर्दै गएको स्नुकर खेलको संरक्षण गर्दै खेलाडीलाई प्रोत्साहन र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर