Aamsanchar

इशान पाण्डेको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय अर्धशतक

Author Image
शुक्रवार, जेठ ८, २०८३

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा इशान पाण्डेले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

उनले ३४.४ ओभरमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले ६१ बलमा ३ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । उनले करिअरको मेडन अर्धशतक जारी श्रृंखलाको तेस्रो खेलमा स्कटल्यान्डसँग प्रहार गरेका थिए ।

उनले दोस्रो विकेटको लागि ओपनर ब्याटर आसिफ शेखसँग १५रनको साझेदारी बनाएका थिए । उनले तेस्रो विकेटको लागि कप्तान रोहित पौडेलसँग ८६ रनको साझेदारी बनाएर खेलिरहेका छन् । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेलले २९ रन बनाउँदा आसिफले ४३ रनको पारी खेलेका थिए ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर