Aamsanchar

मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

Author Image
शुक्रवार, जेठ ८, २०८३

काठमाडौं – मलेसिया महिला राष्ट्रिय टोलीले नेपाललाई दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रियमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल तयार गरेको हो। मलेसियाका लागि ऐना हमिजाले ३० बलमा सर्वाधिक १७ रन बनाइन्।
धनुश्री श्री २० बलमा १५ रनमा आउट हुँदा अरिनान नातास्या १३ रनमा अविजित रहिन्।

नेपालका लागि कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २ तथा पूजा महतो र सिता राना मगरले समान १ विकेट लिइन्।

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर