Aamsanchar

सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको दुःखद निधन

Author Image
शुक्रवार, जेठ ८, २०८३

ओखलढुंगा – सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको दुःखद निधन भएको छ । पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे रहेका छन् ।

यस वर्ष मौसमको प्रतिकूलताका कारण आरोहणको समय निकै छोटिँदा जेठ ६ गते बुधबार एकै दिन कीर्तिमानी २७४ जना बढी आरोहीहरूले सगरमाथाको शिखरतर्फ प्रस्थान गरेका थिए । अत्यधिक चाप ९ट्राफिक जाम० का कारण ८ हजार मिटर माथिको डेथ जोनमा लामो समय पालो कुर्नु पर्दा ओर्लिने क्रममा आरोहीहरू गम्भीर बिरामी परेका हुन् ।

लगिितिवारीको जेठ ७ गते बिहीबार प्रसिद्ध हिलारी स्टेप नजिकै र आरेको शेर्पा उद्धार टोलीले तल ओराल्ने क्रममा क्याम्प २ मा निधन भएको बताइएको छ।

 

दुई दुई जना सगरमाथा आरोहणपछि फर्किने क्रममा दुःखद निधन भएको खबर आएको पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीले बताए । दुई भारतीय आरोहीको निधनसँगै सन् २०२६ को यस वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा, लोत्से र मकालुसहितका हिमालहरूमा ज्यान गुमाउने आरोही तथा गाइडहरूको कुल संख्या सात पुगेको छ ।
यसअघि सगरमाथा क्षेत्रमा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदार तथा मकालु हिमालमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीले ज्यान गुमाइसकेका छन् । पर्यटन विभागले यस सिजनमा सगरमाथाका लागि मात्रै इतिहासमै धेरै झण्डै ४९४ वटा आरोहण अनुमति पत्र जारी गरेको थियो ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर