
धादिङ – धादिङको थाक्रे गाउँपालिका– ७ राम्चेस्थित ढुङ्गाखानीमा ढुङ्गा खसेर टिपरलाई थिच्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ५ ख ५०८० नम्बरको ट्रिपर चालक थाक्रे गाउँपालिकाकै अन्दाजी ३२ वर्षीय देवेन्द्र खत्री रहेका छन् ।
प्रारम्भिक जानकारीअनुसार खानी क्षेत्रमा माथिबाट खसेको ठूलो ढुङ्गाले ट्रिपर थिच्दा दुर्घटना भएको हो । घटनापछि प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी ९डीएसपी० प्रकाश दाहालले बताएका छन् ।
Views: 82


