Aamsanchar

विश्वमै सबैभन्दा महंगा १० पोर्नस्टार, जसले करोडौं कमाए

Author Image
शुक्रवार, फागुन ६, २०७३

एजेन्सी ।

पोर्न इन्डस्ट्रीमा काम गर्ने कलाकारहरुले करोडौैं रुपैयाँ कमाएका छन् । यसको अनुमान उनीहरुको सम्पतीबाट थाहा हुन्छ ।

यसका लागि हामी सन्नी लियोनीलाई पनि हेर्न सक्छौं । अहिले उनी बलिउडमा आइसकेकी छन् । तर, उनको वेबसाइट अहिले पनि चलिरहेको छ । ३६ वर्षकी लियोनी करिब ८७ करोड रुपैयाँको सम्पतीकी मालिक हुन् । उनको बास्तविक नाम करनजीत कौर बोहरा हो । क्यानडामा जन्मेकी सन्नी अहिले भने बलिउडकी चर्चित कलाकारमा गनिन्छिन् । यस्तै, अन्य १० पोर्नस्टारको कमाईका बारेमा पनि थाहा पाउनुहोस्:

जेना जेम्सन

४२ वर्षीया जेना जेम्सनले अहिले पोर्न इन्डस्ट्री छोडिसकेकी छन् । अहिले उनी मोडलिङमा छिन् । उनलाई पोर्नस्टारहरुकी रानीका नामले चिनिन्छ । उनले २०१३ मा पोर्न इन्डस्ट्र छोडेकी हुन् । उनको कुल सम्पती करिब २०० करोड रुपैयाँ छ ।

टेरा पेट्रिक

अमेरिकाकी पोर्न एक्टर ४० वर्षीया टेरा पेट्रिक माडलिङ पनि गर्छिन् । उनको कुल सम्पती १०० करोड छ । १९९९ मा उनी पोर्न फिल्म इडस्ट्रीमा प्रवेश भएकी थिइन् । २००८ इन्डस्ट्रीबाट बाहिरिन् । तर, अहिले पनि उनको वेबसाइट अपरेट भइरहेको छ ।

ट्रकी लार्डस

ट्रकी लार्डसको पूरा नाम ट्रकी एलिजाबेथ लार्डस हो । ट्रकी पोर्न स्टार हुनुका साथै मोडल, गायिका, निर्माता र डाइरेक्टर पनि हुन् । १४ वर्षको उमेरमा एक संगै पढ्ने साथीको उनले गर्भ बोकेकी थिइन् ।

उनले कसैलाई नभनेर एबर्शन पनि गरिन् । १९८४ मा उनी पोर्न फिल्ममा प्रवेश भइन् । तर, दुई वर्षपछि उनले पोर्न इन्डस्ट्री छोडिन् । उनको कुल सम्पती ६७ करोड छ ।

मारिया तकागी

३८ वर्षीया मारिया तकागी जापानकी हुन् । उनी पोर्नस्टारका साथै टिभी र फिल्मी कलाकार पनि हुन् । २००२ मा उनले पहिलो पटक एडल्ट भिडियो शुटिङ गरेकी थिइन् । उनको कुल सम्पती ५३ करोड छ ।

एवा एडम्स

३७ वर्षीया एवा एडम्स एक फ्रेन्च पोर्न कलाकार हुन् । २००८ मा उनले पोर्न इन्टस्ट्रीमा काम गर्न सुरु गरेकी थिइन् ।
जुलाई २०१६ को रिपोर्टअनुसार उनले अहिलेसम्म २४५ पोर्न फिल्ममा काम गरिसकेकी छन् । उनको कुल सम्पती ६० करोडको छ ।

कैटी मार्गन

३७ वर्षीया कैटी मार्गन अमेरिकी हुन् । उनी रेडियो ‘टक शो’ होस्ट र फिचर डान्सर पनि हुन् । २००१ मा उनले पहिलो पटक सेक्स सिन दिएक थिइन् । २००८ बाट उनले पोर्न क्षेत्र छोडिन् । त्यसको एक वर्षपछि उनी विहे गरेर सेटल भइसकेकी छन् । उनको सम्पती ४० करोड रुपैयाँ बराबर छ ।

जेसी जेन

३६ वर्षीया जेसी जेनको स्टेज नाम सिन्डी टेलर हो । उनी अमेरिकन पोर्नस्टार तथा मोडल हुन् । २००२ देखि लगातार उनी लगातार पोर्न क्षेत्रमै छिन् । उनको सम्पती ६० करोड रुपैयाँ बराबर छ ।

ब्री ओल्सन

३० वर्षीया ब्री ओल्सनले पोर्न इन्डस्ट्री छोडिसकेकी छन् । उनले २००६ देखि २०११ को बीचमा करिब २८० एडल्ट फिल्ममा काम गरेकी छन् । उनको सम्पती ४७ करोड रुपैयाँ बराबर छ ।

जेना हेब

जेना हेबलाई २००१ मा अमेरिकी मोडल र निर्देशकले पोर्न फिल्म इन्डस्ट्रीमा इन्ट्री लिए । ३४ वर्षी जेनाले २०१२ मा त्यो क्षेत्र छोडिन् । उनका अनुसार उनले २०११ पछि कुनै सिन दिएकी छैनन् । तर, निर्देशन र निर्माताको भूमिका निभाइरहेकी छन् । उनको कुल सम्पती ४० करोड रुपैयाँ बराबर छ ।

गिआना मिसेल्स

३३ वर्षीया गिआना अमेरिकी पोर्न कलाकार हुन् । उनले न्यूड मोडलिङबाट करियर सुरु गरेकी हुन् । पछि पोर्न इन्डस्ट्रीमा प्रवेश भएकी हुन् । उनको अहिलेसम्मको कुल सम्पती २७ करोड रुपैयाँ बराबर छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर