Aamsanchar

कम्प्युटरमा काम गर्दा हात थाक्छ ? यसो गर्नुस्

Author Image
सोमवार, फागुन १६, २०७३

एजेन्सी ।

लामो समयसम्म कम्प्यूटरमा काम गरेमा हातका औंला थाक्ने गर्छन् । माउसलाई स्क्रोल गर्दा होस् वा टाइप गर्दा होस्, औंलामा धेरै असर पुग्छ । यसलाई कम गर्न के गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

औंलालाई केही आराम दिनका लागि केही उपाय अपनाउन सकिन्छ । औंलामा दुखाई भएमा तपाई मुठी कसेर बाँध्नुहोस् । जसले गर्दा हत्केला र औंलाको दुखाईमा केही कम हुन्छ ।

३० देखि ६० सेकेन्डसम्म मुट्ठी कस्नुहोस् । अब हात ढिला गर्नुहोस् । लगातार चार पटक यहि प्रक्रिया दोहोर्याउनुस् ।

त्यसपछि हातलाई सिधा गर्नुहोस् । र पालैपालो प्रत्येक औंलालाई बुढी औंलासंग मिलाउनुहोस् । ४० देखि ६० सेकेन्डसम्म यो प्रक्रिया चार पटकसम्म गर्नुहोस् ।

टाइपिङ्ग गर्दा देखेमा

टाइपिङ्ग गर्दा गर्दैपनि औंला दुखेमा पनि छुट्टै विधि अपनाउन सकिन्छ । आफ्नो हातलाई टेबुलमा राख्नुहोस् । एक–एक गरेर औंलालाई तलमाथि गर्नुहोस् । यो प्रक्रिया ८ देखि १२ पटकसम्म गर्न सक्नुहुन्छ ।

माउस चलाउँदा दुखेमा

यदि माउस चलाउँदा चलाउँदै हात दुखेको छ भने पनि अर्को तरिका अपनाउन सकिन्छ । हातलाई टेबुलमा राखेर औलालाई धिरा राख्नुपर्छ । औंलालाई जोरले तानेर सिधा राख्ने । ३० देखि ६० मिनेटसम्म यो कार्य गर्न सकिन्छ ।

हत्केला दुखेमा

हत्केलामा दुखाई भएमा हत्केलालाई सिधा तानेमा फाइदा हुन्छ । हत्केलालाई सबैभन्दा पहिले मुख अगाडि सिधा गर्नुहोस् । औंलालाई जोड्दै मोड्नुहोस् । ४० देखि ६० सेकेण्डसम्म चारपटक यो तरिका अपनाउन सकिन्छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर