काठमाडौं,


Gold bars
लगातार घट्न थालेको सुनको भाउ बिहीबार भने ह्वात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 136


