Aamsanchar

‘घामपानी’को ट्रेलर रिलिजमा दयाहाङ र केकीले दिएनन् साथ

Author Image
बिहिवार, चैत ३, २०७३

काठमाडौं –पछिल्लो समय कलाकारले आफ्नै अभिनय रहेको चलचित्र प्रचारमा समेत दिन छोडेका छन् । चलचित्र ‘घामपानी’ले पनि अहिले कलाकारको साथ पाइरहेको छैन । बिहिबार आयोजित ट्रेलर रिलिज कार्यक्रमले पनि सो देखाएको छ ।


दरबार मार्गको राइजिङ महल स्थित क्यूज चलचित्र भवनमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राई नै देखा परेनन् ।
वैशाख १ गतेबाट देशभरका प्रदर्शनमा आउने चलचित्रको कथा केकी र दयाहाङ वीच घुमेको छ । ट्रेलर रिलिजमा यी दुबै कलाकारलाई नदेख्दा कार्यक्रममा उपस्थित सबैले खल्लो महशुस गरे ।
चलचित्र संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले, यो आफ्नो पहिलो प्रयास भएको भन्दै अन्तिम चलचित्र भने नभएको बताए ।
दयाहाङ र केकीको अलवा सिल्सा जिरेल, बुद्धी तामाङ, अरुणा कार्की, लगायतको समेत चलचित्रमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर