Aamsanchar

ढुण्डीराज चैत महिनाको पुलिस अफ द मन्थ घोषित

Author Image
शुक्रवार, वैशाख ८, २०७४

झापा ।

ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी चैत महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्दै सवारी नियम उल्लघन गर्नेबाट ११ महिनाको अवधिमा दुई करोड ६१ लाख ८० हजार रुपैंया राजश्व संलन गर्न सफल भएको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटानगरले २०७३ सालको चैत महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको हो ।

पूर्वमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई हरेक महिना पुलिस अफ द मन्थले पुरस्कृत गर्ने गरिन्छ । तत्कालिन पूर्व क्षेत्रीय प्रहरी प्रमुख डि आजी नवराज सिलवालले प्रहरीलाई आफ्नो काममा लगनशिल तथा प्रोत्सहान गर्ने उद्धेश्यले पुसिल अफ द मन्थ प्रदान गर्ने निर्णय गरेका थिए ।

चोरी भएका १४ थान मोटरसाइकल र भारतबाट चोरी गरी ल्याइएका अन्य सवारी साधन पक्राउ गरि भन्सार कार्यालय बुझाएको तथा ५ वटा सिसी क्यामेर जडान गर्न तथा अन्य महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको भन्दै गिरीलाई सम्मान गरिएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रमेशकुमार भट्टराईले जानकारी दिए ।

Views: 168

प्रतिक्रिया (०)