Aamsanchar

राप्रपा झापाले गर्यो केही नगर र गाउको उमेद्वार घोषणा ।

Author Image
शनिवार, वैशाख ९, २०७४

बिर्तामोड, बैशाख ९।
झापाको दमकमा  शनिबार आयोजित चुनावी आमसभा कार्यक्रम मार्फत आसन्न स्थानिय तहको निर्वाचनकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका मुख्य नगरपािलकाको मेयर तथा उपमेयरको उम्मेदवारी सार्वजनिक गरेको छ ।
झापाको दमकमा आयोजित बृहत चुनावी आमसभामा कार्यक्रमका प्रखुख अतिथि एवं राप्रपका अध्यक्ष कमल थापाले दमक नगपालिकाको मेयरमा पार्टीका सहायक महामन्त्री राम थापा र उप मेयरमा रिता श्रेष्ठको उमेद्वारी सार्वजनिक गर्नु भएको हो । त्यस्तै विर्तामोड नगरपालिकाको मेयरमा पार्टीका केन्द्रिय सदस्य भक्ती सिटौला, भद्रपुर नगरपालिकाको मेयरमा नवराज पनेरु राजु को उमेद्वारी घोषणा गरिएको छ ।
यस्तै हल्दीबारी गाउपलिकाको अध्यक्षमा रविन्द्र लिड्डदेन र गौरीगञ्ज गाउपालिकाको अध्यक्षमा बाबुराजा श्रेष्ठको उमेदवारी घोषणा गरिएको छ । सार्वजनिक गरिएका उमेद्वारहरुलाई अध्यक्ष थापा,महामन्त्री राजेन्द्र लिड्डदेन जिल्ला अध्यक्ष अमर विष्ट लगायतले खादा ओडाएर स्वागत तथा शुभकामना व्यक्त गर्नु भएको थियो । झापाका अन्य नगर र गाउ“ पालिकाको मेद्वारपनि केहीदिनमै सार्वजनिक गरिने महामन्त्री लिड्डदेनले जानकारी दिनु भएको छ ।

 

विर्तामोड नगरपलिकाकालागि पार्टीका केन्दि«य सदस्य भक्ति सिटौला लाई उमेद्वार घोषणा गर्दै केन्द्रिय अध्यक्ष कमल थापा ।

सभामा उपस्थित जनमानस । 

Views: 144

प्रतिक्रिया (०)