Aamsanchar

सेक्सको बारेमा एक दिनमा कति पटक सोच्छन् महिला ?

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

एजेन्सी ।

एक जना पुरुषले एक दिनमा सेक्सको बारेमा ३४ पटक सोच्छन् भन्ने एक अनुसन्धानले देखाएको छ । पुरुषले एक दिनमा ३४ पटक सोच्छन् भने प्रश्न उठ्छ, महिलाको आखिर महिलाले एक दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् ? एक पटक, दुई पटक वा प्रत्येक घण्टा ?

यो सबै सोचकोविरुद्ध महिलाले पनि सेक्सको बारेमा त्यति नै पटक सोच्छन् जति पटक पुरुषले सोच्छन् ।

एक अनुसन्धान अनुसार महिलाले एक दिनमा १८ दशमलव ६ पटक सेक्सको बारेमा सोच्छन् । अर्थात प्रत्येक ५१ मिनेटमा महिलाले सेक्सको बारेमा सोच्छन् ।

पुरुषले सेक्सको बारेमा एक दिनमा जति पटक सोच्छन्, त्यसको ठिक आधा महिलाले सोच्छन् ।यसको कारण टेस्टसटेरोनको स्तर हो । सेक्स ड्राइव टेस्टसटेरोन स्तरमा निर्भर रहन्छ । यो एउटा हार्मोन हो, जुन पुरुषमा बढी संख्यामा पाइन्छ र पुरुषको तुलनामा महिलामा दश गुना कम पाइन्छ ।

अध्ययन अनुसार प्रेम बाहेक सयौँ चीजहरु हुन्छन् जसले महिलाहरुमा सेक्सको विचार लाई उतपन्न गर्छ । नशा (मदिरा सेवन) भएको बेलामा महिलाहरुलाई सेक्स गर्ने इच्छा बढ्छ ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर