Aamsanchar

विद्युत चोरीमा सम्लग्न १३ पक्राउ

Author Image
बिहिवार, वैशाख १४, २०७४

(सुरेन्द्र भण्डारी )

झापा ।

विद्युत चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
विद्युत चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिला सहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गाप्रसाद लिम्बू, वाशु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजाम, शम्भू राजवंशी, जमुना राजवंशी लगायत रहेका छन् ।

उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खा लगायतका विद्युतीय उपकरणसहित पक्राउ गएिको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत चुहावट नियन्त्रण टोलीले विदुत चोर्दा चोर्दै नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुख समेत रहनुभएका सिंहले जानकारी दिनुभयो । उनीहरुलाई विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरिने बताइएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म विद्युत चोरीमा सम्लग्न ३६२ जनालाई विद्युतीय उपकरण सहित पक्राउ गरेको छ । जसबाट तीसलाख राजश्व संकलन भएको केन्द्र प्रमुख सिंहले बताउनुभयो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर