भद्रपुर।

नेपालमै पहिलो पटक झापाको भद्रपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पंचकर्म, क्षारसुत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ ।
झापासहित मेची अञ्चलका विरामी भारतीय बजारमा धाउदै चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारी तर्फबाट आयुर्वेद स्वास्थ्य केन्द्रले उक्त सेवाहरु सञ्चालनमा ल्याएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले बुधवार पत्रकार सम्मेलन गर्दै बैशाख ३ गतेदेखि सेवाहरु विस्तार गरी सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । आयुर्वेद चिकित्सा पद्धतिबाट हुने उपचारमा आम मानिसले विश्वास गर्न थालेपछि आयुर्वेद विभागले नितिगत सहमति दिएपछि केन्द्रको निर्णयले सेवा विस्तार गरेको कार्यालय प्रमुख डा. केनिन राईले बताउनु भयो ।

विरामीको सेवालाई मध्यनजर गर्दै केन्द्रले आन्तरिक बजेट र सहयोग अनुदानबाट संकलित १० लाखबाट उपचार सेवाहरु थप गरेको उहाले बताउनु भयो । यसअघि केन्द्रले ओपीडि सेवाबाट विरामी जाच्ने र औषधी दिने काम गर्दै आइरहेको थिए । यो उपाचार पद्धति ल्याएसगै अव पायल्स, फिस्टुला, पिनास, आखा, टाउको दुख्ने, मलदुवार लगायत रोगका उपचार सहजै रुपमा निको पार्न सकिने उहाले वताउनु भयो । केन्द्रमा ज्ञान, सिप र दक्षता भएका चिकित्सक मध्ये आयुर्वेद निरिकक्षक एक जना, तीन जना बैध र एक जना कविराजले गुणस्तरिय आयुर्वेद सेवा प्रदान गर्दै आइरहेको उहाको भनाई छ ।
पंचकर्म र क्षारयुत्र उपचार पद्धतिले शरिरको मल, मुत्र र रगत सम्बन्धीको उपचार गर्दा विरामीलाई कम खर्च लाग्ने कविराज तीर्थराज आचार्यले भनाई छ । यस पद्धतिबाट उपचार गराउदा ४० देखि ५० हजार खर्च हुने भएतापनि जिल्ला आयुर्वेदमा उपचार गराउदा त्यसको चौगुणा रकम कम लाग्ने उहाले बताउनु भयो ।
त्यस्तै कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वैध अधिकृत मिथलेशकुमार ठाकाुरले जिल्लामा सेवा विस्तारसंगै झापासहित मेची अञ्चल बाहेक अन्य विभिन्न जिल्लाहरुमा आयुर्वेद उपचारको खोजीमा नेपालका सिमावर्ती बजार जानु पर्ने वाध्यताको अन्त भैसकेको वताउनु भयो । जिल्ला आयुर्वेद स्वस्थ्य समितिका सदस्य चिन्तामणी दाहालले धन्यवाद प्रस्ताव सहित मन्तव्य राखेको कार्यक्रमको संचालन बैध मनोजकुमार पण्डितले गर्नु भएको थियो ।


