Aamsanchar

दातालाई सम्मान

Author Image
बिहिवार, वैशाख १४, २०७४

झापा।

झापाको गौरदह– ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयले आफ्नो मूल गेट उद्याटन तथा दातालाई सम्मान गरेको छ ।
बिद्यलयका पूर्व शिक्षकसमेत रहेका कृष्णप्रसाद ओझा र कमला ओझाले आफ्नो स्वर्गीय छोरा मनोज बाबु ओझाको स्मृतिमा बिद्यलयको मूल गेट १ लाख ८० हजार को लागतमा मूल गेट निर्माण गरिदिनु भएको हो ।

यस्तै जेहेन्दार बिद्यार्थीको लागी २५ हजार को अक्षय कोष समेत स्थापानाको घोषणा गर्नु भएकोले दाता कृष्णप्रसाद ओझा र कमला ओझा लाई सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापाका स्थानिय बिकास अधिकारी खेमराज ओझाले बिध्यलयको गेट उद्याटन गर्नु भएको थियो ।

सो अबसरमा ३ जाना उत्कृष्ट बिध्यार्थीलाई जनही १÷१ हजारले सम्मान गरिएको थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका सदस्य धुर्बप्रसाद पाठकको अध्यक्षयमा भएको कार्यक्रम गोपीनाथ नेपालले संचालन गर्नु भएको थियो ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर