Aamsanchar

मिर्गौलाको निःशुल्क उपचार व्यवस्था प्रभावकारी कार्यान्वयनमा कठिनाई

Author Image
शुक्रवार, वैशाख १५, २०७४

काठमाडौं,

सरकारले मिर्गौलाको निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न कठिनाई देखिएको छ । निशुल्क सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ तर उपकरण र दक्ष जनशक्तिको अवस्था भने पुरानै रहँदा उपचार सेवा प्रभावित भएको हो  ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा अहिले दैनिक २ सयको हाराहारीमा मिर्गौलाका बिरामी उपचार गराउन पुग्ने गरेका छन् । सरकारले आवश्यकता अनुसार मिर्गौलाको निःशुल्क डायलासिस र प्रत्यारोपणको व्यवस्था गरेको छ । तर निःशुल्क उपचार पाउने भए पछि बिरामीले खानपानमा लापरवाही गर्ने गरेका केन्द्रका व्यवस्थापक बिमल बरालले बताउनुभयो ।

उहाँका अनुसार डाक्टरले डायलासिस गर्नु अघि धेरै पानी नपिउन र खानपानमा ध्यान दिन सल्लाह दिएपनि बिरामीले पालना नगर्दा उपचारमा समस्या हुने गरेको छ । मृर्गौलाको निःशुल्क डायलासिस र प्रत्यारोपणको सेवा सबै अञ्चल अस्पताल र जिल्लामा पुर्‍याउन नसक्दा पनि बिरामीको चाप हुने गरेको हो ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर