झापा, 

प्रहरीले झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको १ सय किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ।

बुद्ध एयरको उडानद्धारा काठमाण्डौबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको उक्त परिमाणको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ बर्षिय मनोज गोयल र झापा गाउँपालिका २ बस्ने २७ बर्षिय पुण्य प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

भद्रपुर बिमास्थलमा खटिएको प्रहरीको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा २०-२० पोकाको दरले शिलबन्दी गरी ल्याएको ५ पोका अन्दाजी ६७ लाख ७२ हजार ९ सय मुल्य बराबरको चाँदी फेला पारी बरामद गरेको हो।
चाँदीसहित उनीहरुलाई आवाश्यक कार्बाहीकालागी राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Views: 112


