Aamsanchar

सुन्दरताको खानीे रहेछ माइपोखरी रानी

Author Image
शुक्रवार, वैशाख १५, २०७४

झापा ।
                                                                               यात्रा संस्मरण
(नरेन्द्र ढकाल)
चैत महिनाको अन्य तिर सबै आफ्नै काममा त्यस्त हुन्छन् । त्यस मध्ये पनि हामी सञ्चारकर्मी झनै ब्यस्त हुन्छौं । ब्यस्तताका बाबजुत सहकर्मी दीपेन लिम्बु र म माईपोखरीको भ्रमणमा जाने निधो गरौं । मनभरी खुशी र उमङ्गहरु छताछुल्ल पोखिएका हामी दुईका । आहा ! नयाँ वर्षको आगमन हुनै लागेको तथा कामको बोझलाई केही हद भएपनि हलुङ्गो बनाउन माइपोखरी जाने निर्णयमा पुगेका थियौं ।


धार्मिक तथा पर्यटकीय महत्व वोकेको माइपोखरी । जैविक विविधताले उत्तिकै महत्वपूर्ण माइपोखरी । प्रकृतिको एउटा अनुपम उपहार, पर्यटकीय गन्तव्यको रुपमा चर्चित माइपोखरी । इलामको शान । पूर्वको शान । अझ भन्ने हो भने नेपालकै शान माईपोखरी । लामो समयको अन्तरालमा आज घुम्न जाने अवसर जुरेकोमा दङ्ग थियौं । म झापाको विर्तामोडबाट चारआलीसम्म पुगेर दीपेन शान्तिनगरबाट मलाई लिन मोटरसाइकलमा चारआली सम्म आएको थियो । हामी हिड्दा बिहानको करिब ९ बजेको थियो । हामी बिस्तारै गफ गर्दै दिउँसो १२ बजे इलाम बजार पुगेर त्यहाँ केही साथीभाईसंग भेटघाट गरेर पुनः गन्तब्य तर्फ जाने क्रममा थियौं ।

तर धादिङका शिक्षकहरुले प्रिय मित्र दीपेनकै छिमेकी भाईले चलाउने गरेको ट्याक्सी रिर्जव गरेर उनीहरु पनि माइपोखरी जाने तयारीमा रहेछन् । हामीलाई कसरी जाने ? कहाँबाट जाने चिन्ता भइरहेका बेला ढुङ्गा खोज्दा देउता भेटे झै भयो । अनि हामी पनि उनीहरुसंग माइपोखरी सम्मसंगै गयौं ।
अजङ्गको जंगल विचमा ९ वटा कुना वनाई शान्त रुपमा फैलिएको पोखरीमा निसङ्कोच पौडिरहेका माछाहरु, वरिपरीको जंगलभित्र ढकमक्क फूलेका लालिगुराँसहरु, रङ्गिचङ्गी फूलहरु रोपेर सजाइएका थुम्का थुम्किहरु, चराहरुका चिरिविरीहरु, मन्दिरमा दर्शनार्थीहरुले वजाएका घण्टिका आवाजहरु । आहा ! करिव एक महिना अघि माइपोखरी घुम्न जाँदाको त्यो क्षण सम्झिएँ र अत्यन्तै रोमाञ्चित हुन्छ ।
कच्चि सडकमा धुलोको कुहिरीमण्डल उडाउँदै हुइकियो गाडी । गाडीले हामीलाई कहिले दाहिने लताथ्र्यो, कहिले देब्रे लताथ्र्यो । कहिलो अघिल्तिर हुत्याउँथ्यो, कहिले पछाडी धकेल्थ्यो । माइपोखरी पुगेपछिको आनन्द छुट्टै थियो । त्यहाँको मनोरमता, त्यहाँको प्राकृतिक सौन्दर्यताले केहि क्षण अघि यात्रामा भोगेका कठिनाइहरुलाई विर्सन बाध्य तुल्यायो । मूख्य प्रवेशद्वारबाट छिरेपछि सर्वप्रथम माइपोखरीको दर्शन ग¥याँै । प्राकृतिक सम्पदाको रुपमा यसले जति महत्व बोकेको छ उत्ति नै धार्मिक आस्थाको छारोहर पनि । सुन्दर र साक्षात माइपोखरीको दर्शनपछि हामी आसपासका क्षेत्रहरु घुम्न गयौँ । सयम समयमा फोटो खिच्ने क्रम पनि चलि नै रह्यो । मेरा नजरहरु वरिपरी डुलिरहे ।

आहा ! माइपोखरीको आभा उस्तै थियो । लाली उस्तै थियो । त्यहाँको प्रकृतिले आफ्नो सौन्दर्यता उस्तै बचाइरहेको थियो । प्रदुषण र अतिक्रमणको प्रभाव खासै देखिएन् । म अत्यन्तै हर्षित भए । यसरी त्यहाँका कतिपय कुराहरु उस्तै पाँउदा आनन्द लाग्यो ।
हामीसंग धादिङका ५ जना शिक्षक पनि भएकाले यात्रा साच्चै रमाइलो भयो । उनीहरुको पश्चिमा लबजको बोली अनि हसिला सवारी चालकको बोलीले हामी पनि हाँसोमा हाँसो थप्दै माइपोखरीको परिश्रमामा लागौं । करिब तीन घण्टाको घुमघाम पश्चात हामी फर्किने तरखरमा लाग्यौँ ।
पहाडकी रानी उपनामले परिचित इलाम आफैँमा सुन्दर छ । त्यहि सुन्दर इलाम भित्रको एउटा सौन्दर्यता हो माइपोखरी । धार्मिक, पर्यटकीय र जैविक विविधताले ठूलो महत्व बोकेको हुनाले यसको प्रचार–प्रसारमा सम्बन्धित सबै तह, तप्का र निकाय लामो समयदेखि लागि परेको नै पाइन्छ । यहाँको पर्यटन प्रवद्र्धनका लागि पहलहरु नभएका पनि होइनन् । तापनि यहाँको भौतिक पूर्वाधारहरुको विकास गतिशिल रुपमा भने हुन नसकेको पाइन्छ । जसले गर्दा आझै पनि माइपोखरी अपेक्षाकृत रुपमा पर्यटकीय गन्तव्य बन्न सकेको पाइदैन् ।

किनभने विशेष अवसरहरु बाहेक त्यहाँ घुम्न जानेहरुको सङ्ख्या पातलो नै देखिन्छ । सदरमुकाम इलाम बजारबाट माइपोखरी सम्मको मोटर बाटोको दुरी १५ किलोमिटर मात्र भएतापनि आसम्म कच्चि छ । कच्चि बाटोकै कारण त्यहाँ जान यातायाताका साधनहरु सरल र सहज रुपमा उपलब्ध हुन सक्दैनन् । त्यसैले यदि उक्त सडकखण्ड कालोपत्रे मात्र भइदिँदा पनि इलाम पुग्ने आन्तरिक तथा बाह्य पर्यटक जो कोहि माइपोखरीको सौन्दर्यतासँग साक्षात्कार गर्न सक्थे होला ।
पर्यटनसँग मुलुकको समृद्धि जोडिएको हुन्छ । त्यसैले पर्यटनको प्रवद्र्धन र विकासमा विकसित मुलुकले पनि कन्जुस्याईँ गर्दैनन् । स्थानीहरुको प्रत्यक्ष सहभागितामा अहिले कालोपत्रे गर्ने काम भई रहेको छ ।सडकको स्तरोन्नतिसंगै सजिलो र पर्यटकलाई राहत पुग्ने स्थानीयको भनाई छ ।
उत्तरी इलामको पर्यटकीय स्थलहरु टोड्के झरना, छिन्टापु, सन्दकपुरसम्म पुग्न यो सडकले सुविधा पु¥याउने हामीले विश्लेषण पनि गरियौं । हामी करिब ४ बजे इलाम बजारबाट पुन घर तर्फ र्फकिने निधो गरेर रमाइला कुरा गर्दै राती गरि ७ बजे तिर मेरो घरमा आएर खानखाएर बिस्तारामा पल्टियौं । भोली पल्ट पुन आफ्नो कार्य क्षेत्रमा खटिनु पर्ने बाध्यताले हामीले यात्रालाई छोटो बनाए पनि यात्रा साँच्चै अविश्मरणीय र सुखद् भएको हामी दुबैले महशुस गरियौं । हामी मात्र होइन तपाईले पनि एक पटक माइपोखरीको यात्रा गरेर प्रकृतिक सुन्दरताको अनुभव गर्ने मौका नगुमाउनु होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)