Aamsanchar

सेक्सको उपयुक्त समय कुन ?

Author Image
सोमवार, वैशाख १८, २०७४

एजेन्सी । 

सेक्सको विषयलाई लिएर आफ्नो यौनसाथीसंगको संबन्ध नबिग्रियोस् भन्ने चाहनुहुन्छ ? यदि तपाईं आफ्नो यौनसाथीसंग सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने तपाईंलाई केही महत्वपूर्ण कुरा थाहा हुनु आवश्यक छ । यस्तै कुरा पत्ता लगाएका छन् जर्मनीका अनुसन्धानकर्ताले । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धानकर्ताहरूले सयौं महिलामा  गरेको अनुसन्धानमा कुन बेला सेक्स गर्दा महिलालाई आनन्द आउछ भन्ने पत्ता लगाएका छन् ।

सेक्सोलोजिष्टका अनुसार महिनावारी पूरा भएको ५ देखि ७ दिनमा महिलाहरू सेक्सको मूडमा हुन्छ । यसबेला सेक्सका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छन् । अनुसन्धानकर्ताहरूले महिलाको ब्रेन वेब्समाथि धेरै अनुसन्धान गरेका थिए । जसमा महिनावारी भएको ५ देखि ७ दिनमा सेक्स गर्दा बढी आनन्दको अनभूति हुने पत्ता लागेको थियो ।

भर्जिनिया युनिभर्सिटीका साइक्रियाट्रिक मेडिसिनका प्राध्यापक क्लेटनका अनुसार महिनावारीको अवधिपछि महिलामा सेक्स इच्छा जागृत हुनु स्वाभाविक हो । यो समयमा गर्भधारणको सम्भावना बढी पनि हुन्छ ।

अनुसन्धानकर्ताले यसका लागि १ हजार युवा तथा महिलालाई समावेश गरेका थिए,जसमा प्रत्येक महिलाले महिनावारीपछिको ५ देखि ७ दिनसम्म भरपूर सेक्सको आनन्दको चाहना हुने गरेको बताएका थिए । यो अवधिमा गरेजस्तो सेक्सको आनन्द अरू दिनमा नहुने उनीहरुले बताएका थिए । यद्यपि केही यौनमनोविद्ले भने सेक्सका लागि कुनै खास समय या दिन नहुने बताउने गरेका छन् ।-स्वास्थ्य खबरपत्रिका 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर