Aamsanchar

जवरजस्ती करणी गरेको आरोपमा हुकुमवीर पक्राउ

Author Image
बुधवार, वैशाख २०, २०७४

बिर्तामोड। 

झापाको शिवसतासी नगरपालिका निवासी एक व्यक्ति हाड नाता पर्र्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसतासी नगरपालिका –८ गुरास चोक निवासी ४७ वर्षीय हुकुमवीर लावती रहेका छन् ।

उनले मंगलवार राति किशोरीलाई जवरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका लावतीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको बताईएको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर