धनकुटा।
उन्नति परियोजनाअन्तर्गत धनकुटामा आगामी आर्थिक वर्ष भित्रमा सात वटा सडक निर्माण हुने भएका छन ।
डेनिस सरकारको सहयोगमा सञ्चालित परियोजनाले सडक निर्माण गर्ने भएको छ । सडकको कूल लम्बाई ५५ किलोमिटर हुने बताइएको छ । जसअन्तर्गत एक जिल्लास्तरीय सडक र छ वटा ग्रामिण सडक छन् । दारेगौडादेखि लेगुवा जोड्ने जिल्लास्तरीय सडक निर्माणको काम सुरु भइसकेको छ ।

त्यस्तै ग्रामिण सडकअन्तर्गत ३ दशमलव ४ किलोमिटरको निगाले–उत्तरपानी र चौकीडाँडा–हलचौर सडक ठेक्का लागिसकेका छन । बाँकी चार वटा सडकलाई पनि चाँडै ठेक्का लगाई काम सुरु गर्ने उन्नति परियोजना धनकुटामा पूर्वाधारविज्ञ प्रमोद न्यौपानेले जानकारी दिए ।
सोही परियोजनाअन्तर्गत मूलघाट त्रिवेणी सडकको डीपीआर र लेगुवा खोलामा पुलसमेत निर्माण हुने छ ।

Views: 185


