Aamsanchar

दर्शकलाई आस्चार्य चकित पार्ने चलचित्र बाहुबली २, उत्कृष्ट व्यापार गर्न सफल

Author Image
शुक्रवार, वैशाख २२, २०७४

बहुचर्चित हिन्दी चलचित्र बहुबाली २ ले हालसम्मकै सबैभन्दा व्यापार गर्ने चलचित्र बनेको छ । यस चलचित्रको २५० करोड भारुमा निर्माण भएको थियो । एक हप्ता अघिदेखि प्रर्दशनमा आएको बहुबलीले एक हप्ता भित्रै ८८० करोड भारु भन्दा बढीको व्यापार गरेको छ ।

अत्यन्तै सफलता पूर्वक चलेको चलचित्र बहुबली २का केही कलाकारहरु एक चलचित्रबाट धेरै कमाई गर्ने कलाकारको रुपमा दर्जिएका छन । 

प्रभाष– फिल्मका मुख्य पात्र अमरेन्द्र बहुबली र महेन्द्र बाहुबलीको भूमिका निर्वाह गर्ने नायकले २५ करोण पारिश्रमिक दिएका छन । यो पारिश्रमिक बलिउडमा हालसम्मकै धेरै रकम दिने कलाकार बनेका छन ।

राना दग्गुबति– खलनायकको भूमिकामा देखा परेका रानाले १५ करोण भारु लिएका छन यिनीपनि बलिउडका महगा खलनायक बनेका छन ।

अनुष्का सेठ्ठी– देवसेनाको भूमिकामा देखिएकी अनुष्का धेरै पारिश्रमिक लिने अभिनत्रीमा पर्छिन । उनले बहुबलीमा ५ करोड भारु लिएकी छिन ।

तमन्ना भटिया– बाहुबली २ मा महेन्द्र बहुबलीकी प्रेमीका बनेकी कलाकारले ५ करोड भारु लिएकी छिन ।

राम्या कृष्णा– अभिनेत्री राम्याले एक सहासी महिलाको मुख्य भूमिका निभाएकी राम्याले २ करोड ५० लाख पारिश्रमिक लिएकी छिन ।

सत्यराज– फिल्ममा कटप्पाको नामले परिचित अभिनेता सत्यराजले २ करोड भारु कमाएका छन ।

एसएस राजमौली–बाहुबली बनाउन कम्तिमा ५ बर्ष समय खर्चगरेका निर्देशक राजमौलीले बाहुबली २ को लागि मात्र २८ करोण भारु लिएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर