Aamsanchar

त्रिभुवन विमानस्थलबाट ४० तोला सुनसहित दुईजना पक्राउ

Author Image
शुक्रवार, वैशाख २२, २०७४

काठमाडौंः

Gold bars

करिव ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई व्यक्ति पक्राउ परेका छन्।

शुक्रबार दिउँसो कतार एयरवेजबाट विमानस्थल ओर्लिएका तनहुँ दुलेगौडाका मनिस रिमाल र नागरिक उडड्यन प्राधिकरणमा कार्यरत किशोरकुमार खत्रीलाई ४६६ ग्राम सुनसहित विमानस्थलको भन्सार कार्यालयले पक्राउ गरेको हो।

रिमाल विमानस्थल उत्रिए लगत्तै उनले कतारबाट ल्याएको सुन नागरिक उडड्यन प्राधिकरणमा कार्यरत खत्रीको जिम्मा लगाएका थिए। त्यसपछि ‘वाक थ्रु’ जाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

विगत पाँच वर्षदेखि त्रिभुवन विमानस्थलको टावरमा कार्यरत खत्री आठौं तहका अधिकृत हुन्।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर