Aamsanchar

कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे सर्वोच्चको अादेश स्वागतयोग्यः कमल थापा

Author Image
शुक्रवार, वैशाख २२, २०७४

काठमाडौंः

राप्रपा अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावबारे सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई स्वागतयोग्य भएको बताउनु भएको छ।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउन तथा आजैदेखि काममा फर्काउन सर्वोच्चले सरकार र संसदका नाममा अन्तरिम आदेश दिएपछि अध्यक्ष थापाले ट्वीटरमा ट्वीट गर्दै आदेशलाई स्वागतयोग्य भन्नुभएको हो।

सरकारले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि असहमति जनाउँदै अध्यक्ष कमल थापाको नेतृत्वमा वर्तमान सरकारमा सहभागी राप्रपा सरकारबाट फिर्ता भएको थियो।

शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउन तथा आजैदेखि पूर्ववत् अवस्थामा काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको थियो।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर