Aamsanchar

किरण विमलीको माया ‘२४ क्यारेट’

Author Image
आइतवार, वैशाख २४, २०७४

नव गायक किरण विमलीले एक म्युजिक भिडियोमा माया पनि ‘२४ क्यारेट’ हुने रहस्य खुलेका छन् । भर्खरै बजारमा आएको गायक विमलीको यो तेस्रो म्युजिक भिडियो हो । याक ईन्टरटेन्टमेन्टको प्रस्तुती रहेको म्युजिक भिडियोमा गायक विमलीले आफ्नो माया ‘२४ क्यारेट’ को भएको भन्दै प्रेमिकालाई फकाएका हुन् । ‘२४ क्यारेट’ बोलको गीतका रचनाकार डिपी खनाल हुन् भने संगीत शंकर थापाले दिएका छन् । भिडियोको निर्देशन विक्रम दाहाल र छायांकन सुजन दाहालले गरेका हुन् । भिडियोमा अभियन गर्ने मोडलद्धय चन्दा दाहाल र केके अधिकारीले आफ्नो उत्कृष्ट कला प्रस्तुत दिएका छन् । यस पेशामा उनीहरु दुवै पुराना अनुहार हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर