भरत शिवाकोटी,

[युएई]

प्रवासमा रहेपनि अनेकौ कठिनाइका बाबजुद नेपालीहरु राजनीतिक तथा सामाजिक संघ-संगठनमा संलग्न हुँदै विभिन्न उदेश्य र लक्ष्यका निमित्त एकताबद्द हुने क्रम हिजो देखि आज सम्म रोकिएको छैन | प्रवासमा रहेका विभिन्न संस्थाहरु मध्ये एक दर्जन भन्दा बढी देशहरुमा झापालाई मुख्य कार्यक्षेत्र बनाई सामाजिक उदेश्यका निमित्त स्थापना भएको एक सामाजिक संस्था हो झापाली समाज | विभिन्न देशहरुमा आ-आफ्नै ढंगले गतिविधि गरिरहेका झापाली समाजहरु बिचमा समन्वय गर्ने गरि नयाँ अवधारणाको विकास गर्दैझापाको आर्थिक, सामाजिक,शैक्षिक तथा अन्य विकासमा सहयोग गर्ने उदेश्य सहित संसारका १८ देशमा अवस्थित झापाली समाजहरुको संलग्नतामा अन्तरास्ट्रिय झापाली समाज गठन गरिएको छ |गत जनवरी २०१७ माविभिन्न देशहरुका झापाली समाजका प्रतिनिधिहरु संलग्न भएको अनलाइन बैठकले अष्ट्रेलियामा रहेका भवानी प्रसाद ओली लाई संयोजकमा सर्वसम्मत चयन गर्दै अन्तराष्ट्रिय झापाली समाजको स्थापना गरेको जानकारी झापाली समाज इजरायलका अध्यक्ष गणेश गौतम ‘सागर’ ले दिएका छन ।
सो अन्तराष्ट्रिय झापाली समाजको भर्खरै सम्पन्न भएको बैठकले संस्था विस्तार गर्दै विभिन्न पदमा सर्वसम्मत रूपमा पदाधिकारीहरू मनोनित गरेको छ। जस अनुसार केन्द्रिय सह-संयोजक तथा क्षेत्रीय संयोजकहरुमा क्रमशः मध्यपुर्वका लागि कुवेत बाट ध्रुब संग्रौला (कुमार झापाली),ओसियानाका लागि अष्ट्रेलिया बाट खगेन्द्र सिटौला (सन्तोष), एसिया प्यासिफिकका लागि कोरिया बाट के. पि. सिटौला, युरोपका लागिबेलायत बाट धन किरण गुरुङ रउत्तर अमेरिकाका लागिअमेरिका बाट प्रमोद सिटौला रहेका छन भने महासचिवमा रुपराज मैनाली (अष्ट्रेलिया), सचिवमा प्रसन्न संग्रौला (अमेरिका), कोषाध्यक्षमा बालहरी राई (लक्जेम्बर), प्रवक्तामा छत्र सुब्बा (हङकङ), मिडिया संयोजकमा गणेश गौतम (इजरायल) रहेका छन भने प्रत्येक झापाली समाज रहेका मुलुकहरुबाट ५ जना तदर्थ समितीका सदस्यहरु रहने जनाइएको छ |

उक्त बैठकले विधान लेखन,संगठन बिस्तार,आर्थिक तथा प्रचार प्रसार लगायतका कार्यदल गठन गर्दै समाजको प्रथम अन्तरास्ट्रिय सम्मेलन चाँडै नै गर्नका निमित्त कार्ययोजना बनाउँदै आयोजक समिती बनाएर अघि बढनेसमाजका मिडिया संयोजक गणेश गौतमले जनाएका छन |विशुद्द सामाजिक कार्य गर्ने उदेश्य सहित गठन गरिएको समाजले आगामी दिनमा गर्ने सबै प्रकारका कृयाकलापमा सम्पुर्ण जनसमुदायको प्रेरणा र सहयोगको अपेक्षा गर्दै महत्वपुर्ण सहयोग गर्ने सम्पुर्ण महानुभावहरूलाई अन्तराष्ट्रिय झापाली समाजकाप्रवक्ता छत्र सुब्बाले धन्यवाद ब्यक्त गरेका छन |
संसारको कुनै पनि कुनालाई आफ्नो कर्मक्षेत्र बनाई संघर्ष गरी बस्नु हुने सम्पुर्ण झापालीहरूलाई एक सुत्रमा बाँध्ने र एकतालाई सम्बृदद पार्दै झापाली समुदायका अन्तरनिहित शक्तिलाई प्रस्फुटन गर्दै अघि बढने मुख्य उदेश्य रहेको समाजका संयोजक भवानी प्रसाद ओलीले जानकारी दिएका छन |विश्वभरिका झापालिहरुलाई एकत्रित गरि अघि बढने सोचका साथ प्रवासमा रहेका सम्पूर्ण झापाली समाजहरुको प्रतिनिधित्व हुनेगरी गठन भएको अन्तराष्ट्रिय झापाली समाजमा झापाली समाज यु.ए.ई. को साथ, सहयोग, प्रतिबद्दता र सशक्त भूमिका रहने समाजका प्रवक्ता राम प्रसाद ढुंगेलले बताएका छन |

