Aamsanchar

झापामा ३९९ महिला म्यादी प्रहरी

Author Image
सोमवार, वैशाख २५, २०७४

[हिमा रसाईली]

झापा,


झापामा स्थानीय तहको निर्बाचनको लागि २ हजार १ सय १४ म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
स्थानीय तहको आसन्न निर्वाचन सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २ हजार १ सय १४ म्यादी प्रहरीलाई खटाउने तयारी भएको छ ।

जसमध्ये झापामा महिला म्यादी प्रहरीको संख्या ३ सय ९९ जना रहेको छ । विभिन्न सेवा सुविधा र बेरोगार आदि कारणले म्यादी प्रहरीमा आकर्षण बढेको पाइन्छ । म्यादी प्रहरीमा महिलाको आर्कषण पनि उत्तिकै बढेको छ ।

महिला बहुआयमिक ढंगले सुरक्षा क्षेत्रमा अगाडि आउनु सकारात्मक भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता हरी शर्मा बताउँछन् ।
दोस्रो सविंधान सभाको निर्वाचनका बेला झापामा १ हजार २ सय म्यादी प्रहरी परिचालन गरिएको थियो । महिलाले सुरक्षा क्षेत्रलाई रुचाउनु सकरात्मक भएको प्रवक्ता शर्माको भनाई छ । उनका अनुसार महिलालाई घर पायक खटाइएको छ । झापामा म्यादी प्रहरीलाई गत चैत्र २५ गतेबाट तालिम दिई विभिन्न स्थानमा नेपाल प्रहरीसँगै खटाइएको शर्माले जानकारी दिए ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर