बिर्तामोड।

पाँच भारतीय नागरिकसहित १२ जनालाई प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अबस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्ने मध्ये एक जना होटल सञ्चालक रहेका छन् ।
प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको छ । त्यस्तै बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोशी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक थेवेले जानकारी दिए ।
Views: 117

