Aamsanchar

उपचार कोषकालागि निर्मलले दिए ५० हजार

Author Image
शुक्रवार, वैशाख २९, २०७४

नगद हस्तान्तरण गर्दे समाजसेवी निर्मल भट्टराई, नगत ग्रहणगर्दे पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी साथमा महासंघ सहसचिव केशब भट्टराई र सञ्चारकर्मी चन्द्रकान्त ढकाल । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बिर्तामोड, बैशाख २९। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड ५ निवासी भट्टराईले आज शुक्रबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
निर्मल नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति हुन् । रोटरी क्लव जस्ता संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्ष हुन् ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको भट्टराईले सराहना गरे ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।

 

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर